बालुवा चोरी गरेको आरोपमा गाडीसहित तीन जना पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ भाद्र ४, बुधबार (६ महिना अघि)
  • ५ पटक पढिएको
बालुवा चोरी गरेको आरोपमा गाडीसहित तीन जना पक्राउ

काठमाडौं, ०४ भदौ। तारकेश्वर नगरपालिका–९ ढलमल पुल नजिक बालुवा चोरी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।

मंगलबार दिउँसो बालुवा चोरी भइरहेको भन्ने सूचना पाएपछि प्रहरी टोली उक्त स्थानमा खटिएको थियो ।

सो क्रममा बालुवा निकाल्दै गरेका दुई वटा गाडीसहित तीन जना मानिसलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपील राज बोहराले बताए ।

नियन्त्रणमा लिइएका गाडी र मानिसलाई प्रहरी वृत्त बालाजुमा राखेर अनुसन्धान अघि बढाइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस