होटलबाट प्रतिबन्धित लागू औषध ट्रामाडोल बिक्री गर्ने सात जना पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ भाद्र ४, बुधबार (६ महिना अघि)
  • ७ पटक पढिएको
होटलबाट प्रतिबन्धित लागू औषध ट्रामाडोल बिक्री गर्ने सात जना पक्राउ

चितवन, ०४ भदौ। जिल्ला प्रहरी कार्यालय चितवनले यहाँको एक होटलबाट प्रतिबन्धित लागू औषध ट्रामाडोल बिक्री गर्ने सात जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक (डिएसपी) रविन्द्र घिमिरेका अनुसार भरतपुर ९, धौलागिरी थकाली भान्सा घर एण्ड लजबाट एक जना भारतीयसहित ७ जना पक्राउ परेका हुन् ।

उनीहरुको साथबाट एक हजार ७ सय ४० पत्तामा १० क्याप्सुलको दरले १७ हजार ४ सय क्याप्सुल ट्रामाडोल ५० लेखिएको प्रतिबन्धित औषधि बरामद गरिएको पनि प्रहरीले जनाएको छ ।

ट्रामाडोलसहित पक्राउ पर्नेमा माडी नगरपालिका १ का २४ वर्षीय अनिष श्रेष्ठ, कालिका नगरपालिका ५ घर भएकी शान्ति गुरुङ रहेका छन् ।

त्यसैगरी पक्राउ पर्नेमा ठोरी गाउँपालिका २ का २१ वर्षका विनायक तामाङ, २५ वर्षका सुर्य लामा, १८ वर्षका प्रदिप लामा, २४ वर्षका प्रदिप न्यौपाने र भारतीय ननगरिक चम्पारण आरएस मछली हट्टा रोड ७, का २४ वर्षीय आर्यन कुमार रहेका छन् ।

हिजो मंगलबार पक्राउ परेका उनीहरुमाथि लागू औषध सम्बन्धि कसुरमा अनुसन्धान भइरहेको डिएसपी खनालले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस