काठमाडौं, ०५ भदौ। काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका-८, गोठाटारमा एक १५ महिने बालिका बलात्कृत भएकी छिन् । यो अमानवीय घटनामा संलग्न भएको आरोपमा प्रहरीले ५९ वर्षीय राजकुमार गोलेलाई पक्राउ गरेको छ । मकवानपुरको भिमफेदी गाउँपालिका वडा नम्बर-८ स्थायी घर भएका गोलेलाई काठमाडौँ प्रहरीले नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक अपिल बोहराका अनुसार घटना भदौ २ गतेको हो। पीडित बालिका आफ्नी २८ वर्षीया आमासँग गोठाटारमा डेरामा बस्दै आएकी थिइन्। अभियुक्त गोलेले बालिकालाई आफ्नो कोठामा लगेर बलात्कार गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
घटना बाहिरिएलगत्तै प्रहरीले तत्कालै बालिकाको स्वास्थ्य जाँच गराएको छ। गोलेमाथि जबरजस्ती करणीको अभियोगमा मुद्दा दर्ता गरी जिल्ला अदालतबाट म्याद थप गरिएको छ। प्रहरीले थप अनुसन्धानलाई तीव्रता दिएको छ। यो घटनाले समाजमा नाबालिकाहरूको सुरक्षाको विषयमा गम्भीर चिन्ता उब्जाएको छ।


