सिराहामा लागूऔषध ब्राउन सुगरसहित तीन जना पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ भाद्र ५, बिहिबार (६ महिना अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

सिराहा, ०५ भदौ। सिराहा जिल्लाको विष्णुपुर गाउँपालिका–१ मा लागूऔषधसहित तीन जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार बुधवार दिउँसो गाउँपालिकाको चौहर्वातर्फ आउँदै गरेको प्र.२–०१–००१ज ००४३ नम्बरको यात्रुवाहक विङ्गर गाडीमा सवार यात्रुहरूमाथि गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय विष्णुपुरको टोलीद्वारा चेकजाँच गरिएको थियो ।

चेकजाँचका क्रममा गाडीमा सवार मकवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिका–१५ बस्ने ३८ वर्षीय दिनेश सुनारको पाइन्टको दाहिने खल्तीबाट खैरो हिरोइन जस्तो देखिने लागूऔषध फेला पारेको थियो । दुई वटा साना प्लास्टिकका पोकामा रहेको उक्त लागूऔषधको तौल ७ ग्राम ३१० मिलिग्राम रहेको प्रहरीले जनाएको छ ।

दिनेश सुनारसँगै सोही ठाउँ बस्ने २९ वर्षीय विशाल गोले र ३८ वर्षीय इन्द्र सुनारलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ परेका तीनै जनालाई सिराहा जिल्ला अदालतमा पेस गरी ४ दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) वीरेन्द्र कुमार पासवानले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस