नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा कँडेल पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ भाद्र ६, शुक्रबार (६ महिना अघि)
  • १२ पटक पढिएको
नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा कँडेल पक्राउ

काठमाडौं, ०६ भदौ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बागमती प्रदेश प्रशिक्षण विभाग संयोजक हरिप्रसाद कँडेल नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा पक्राउ परेका छन् ।

चितवनको कालिका नगरपालिका-५, पदमपुर निवासी कँडेललाई प्रहरीले बुधवार चितवनबाट नियन्त्रणमा लिएको हो ।

गत साउन ३० गते रुपन्देहीको बेलहिया बसपार्कस्थित होटेल मुक्तिनाथ परिसरबाट भारतीय नागरिक अभिषेक यादव पक्राउ परेसँगै प्रकरण सतहमा आएको थियो । भारतको कानपुर नौबस्तीका २५ वर्षीय यादवको साथबाट प्रहरीले नेपाली र भारतीय विश्वविद्यालयका नक्कली शैक्षिक प्रमाणपत्र, त्रिभुवन विश्वविद्यालयका १०० वटा ट्रान्सक्रिप्ट, ३६ वटा खाली प्रमाणपत्र र कागजात बनाउन प्रयोग हुने सामग्री बरामद गरेको थियो ।

प्रहरीले यादवसँगको सोधपुछका क्रममा कँडेलको संलग्नता खुलेपछि उनलाई पक्राउ गरिएको हो । प्रहरीका अनुसार कँडेल यस प्रकरणका मुख्य योजनाकार हुन् । हाल उनलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ ।

घटनाले शैक्षिक प्रमाणपत्रको विश्वसनीयतामाथि गम्भीर प्रश्न उठाएको छ । प्रहरीले नक्कली कागजात बनाउने गिरोहको सञ्जालबारे गहिरो अनुसन्धान गरिरहेको जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस