चट्याङमा परेर तीन जना घाइते

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ भाद्र ७, शनिबार (६ महिना अघि)
  • ४ पटक पढिएको
 चट्याङमा परेर तीन जना घाइते

काठमाडौँ, ०७ भदौ। शुक्रबार राति चट्याङमा परेर तीन जना घाइते भएका छन् । मालिकार्जुन गाउँपालिका‐७, जोलजिबिमा चट्याङ परेर तीन जना घाइते भएकाे प्रहरिले जनाएकाे छ । 

जिल्ला प्रहरी कार्यालयका अनुसार शैल्यशिखर नगरपालिका‐३, लुइटाका २४ वर्षीया विमला लावड, चार वर्षीया रिया लावड र तीन महिने शिशु दिपेश लावड घाइते भएका हुन् ।जोलजिबिका मनिराम टमटाको घरको आँगनमा चट्याङ पर्दा भित्र कोठामा रहेका उनीहरू घाइते भएकाे दार्चुला प्रहरीका सूचना अधिकारी छत्रबहादुर रावतले बताए ।

घाइतेहरूको अवस्था सामान्य रहेको र अहिले घरमै रहेका छन् । रिया र दिपेश विमलाका छोराछोरी हुन् । विमला जाैलजिबीमा रहेकाे माइतीघर आएकी हुन् । चट्याङ लागरे उक्त घरको गोठमा रहेको एउटा गोरु मरेकाे प्रहरीले जनाएकाे छ ।

ताजा अपडेट

खोजी गर्नुहोस