दिल्लीमा नेपाली युवकमाथि छुरा प्रहार

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ भाद्र ७, शनिबार (६ महिना अघि)
  • ७ पटक पढिएको
दिल्लीमा नेपाली युवकमाथि छुरा प्रहार

काठमाडौं, ०७ भदौ। भारतको राजधानी नयाँ दिल्लीमा मोमोको २० रुपैयाँको विवादका कारण एक नेपाली युवकलाई तीन जना किशोरहरूले छुरा प्रहार गरेका छन् । पूर्वी दिल्लीको गाजीपुर थानाअन्तर्गत पर्ने राजवीर कोलोनी क्षेत्रमा यो घटना भएको हो ।

घाइते हुनेमा खोडा कोलोनीमा बसोबास गर्ने र नेपालका तुलबहादुर रहेको भारतीय सञ्चारमाध्यमले जानकारी दिएको छ । स्थानीय प्रहरीका अनुसार, तुलबहादुरले मोमोको २० रुपैयाँ माग्दा किशोरहरूले तिर्न अस्वीकार गरेपछि झगडा भएको थियो । विवादकै क्रममा उनीहरू मध्ये तीन जनाले तुलबहादुरको छातीमा छुरा प्रहार गरेका हुन् ।

घाइते तुलबहादुरलाई स्थानीयवासीले तत्काल लालबहादुर शास्त्री अस्पताल पुर्‍याएका थिए । त्यहाँका चिकित्सकहरूले अवस्था गम्भीर देखिएपछि उनलाई ट्रमा सेन्टर रिफर गरेका थिए । हाल उनको स्वास्थ्य अवस्था स्थिर रहेको बताइएको छ ।

गाजीपुर प्रहरीले घटनामा संलग्न तीनै किशोरलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस