सर्वोच्चको आदेशपछि गौरमा जसपाको मशाल जुलुस

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ भाद्र ७, शनिबार (६ महिना अघि)
  • ४ पटक पढिएको
सर्वोच्चको आदेशपछि गौरमा जसपाको मशाल जुलुस

रौतहट, ७ भदौ । सर्वोच्च अदालतले १९ वर्षअघि भएको गौर घटनाको छानबिन तथा अनुसन्धान प्रक्रिया अघि बढाउन परमादेश जारी गरेपछि जनता समाजवादी पार्टी, नेपाल (जसपा) का नेताहरू आन्दोलित भएका छन् । शनिबार साँझ गौरस्थित विपी चौकबाट जसपा कार्यकर्ताले टायर बालेर मशाल जुलुस प्रदर्शन गरेका हुन् ।

सर्वदलीय बैठकको निर्णयअनुसार गरिएको सो मशाल जुलुसमा जसपाका वरिष्ठ नेता तथा पूर्व संविधानसभा सदस्य बबन सिंह, मधेश प्रदेशका पूर्व मन्त्री योगेन्द्र यादव, नेता रामकिशोर यादव, बाबुलाल साह, राजकुमार दासलगायतका नेता–कार्यकर्ता सहभागी थिए ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले विगत लामो समयदेखि अट्किएको गौर हत्याकाण्डबारे अनुसन्धान अघि बढाउन रौतहट प्रहरीले छानबिन थाल्न परमादेश दिएको हो ।

वि.सं. २०६३ साल चैत ७ गते गौरस्थित राइस मिल चौरमा तत्कालीन माओवादी र मधेशी जनअधिकार फोरमबीच भएको हिंसात्मक झडपमा २७ जनाको ज्यान गएको थियो ।

नेता–कार्यकर्ताले परमादेशलाई स्वागत गर्दै घटनाको सत्य तथ्य सार्वजनिक गर्न सरकारलाई दबाब दिन निरन्तर आन्दोलन गर्ने चेतावनी दिएका छन् । जसपा नेतृत्वको निर्णयअनुसार आइतबार गौरमा बृहत् जुलुस कार्यक्रम आयोजना गरिने जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस