भदौ ९ गते, रौतहट।
रौतहटको कटहरिया नगरपालिकाका मेयर अजय प्रकाश जयसवालले कटहरिया बजारमा लामोसमय देखि प्रयोगविहीन रहेको सार्वजनिक शौचालय सरसफाई गरी पुनः सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाएका छन्।
सरसफाइको अभावमा वर्षौंदेखि प्रयोगविहीन अवस्थामा रहेको कटहरिया बजारको उक्त सार्वजनिक शौचालयको आज कटहरिया नगर प्रमुख जयसवालले स्थलगत अनुगमन निरीक्षण गर्दै यस्तो बताएका हुन् ।
उक्त सार्वजनिक शौचालय यथासिघ्र मर्मत अर्थात सरसफाई गरी तुरुन्त पुनः सञ्चालनमा ल्याउन उनले सरसफाईकर्मीलाई निर्देशन दिएका हुन् ।
निरीक्षणका क्रममा मेयर जयसवालले कटहरिया बजार क्षेत्रमा समेत फैलिएको फोहर व्यवस्थापन गर्न पनि सरसफाइ टोलीलाई निर्देशन दिएका छन्।
नगर प्रमुख अजय प्रकाश जयसवालले शौचालय सरसफाई गरी पुनः सञ्चालनमा ल्याउन निर्देशन दिएपछि सरसफाइको अभावमा वर्षौंदेखि प्रयोगविहीन रहेको कटहरिया बजारको सार्वजनिक शौचालय चाडै सञ्चालन हुने भएको छ।
नगर प्रमुख जयसवालले बजार क्षेत्रमा सफा, स्वच्छ र स्वस्थ वातावरण बनाउन नगरपालिकाले निरन्तर काम गरिरहेको बताउँदै स्थानीयवासीलाई समेत सरसफाइमा सक्रिय सहयोग गर्न आग्रह गरे ।
कटहरिया बजारमा किनमेल गर्न आउने व्यक्तिहरूलाई निःशुल्क दिशा पिसाव गर्न धेरै वर्ष पहिला सार्वजनिक शौचालय निर्माण गरिएको थियो ।
तर लामोसमय देखि सरसफाई नगर्दा फोहोरले उक्त शौचालय प्रयोगविहिन रहेको छ।
सरसफाइको अभावमा उक्त शौचालय दुर्गन्धित भई कुरुप जस्तै बनेको छ। शौचालय फोहोरको कारण निकै दुर्गन्धित बनेको छ।
सार्वजनिक शौचालयको उचित व्यवस्थापनमा सम्बन्धित पक्षको ध्यान नजाँदा सर्वसाधारण भने लामाे समयदेखि सास्ती भोग्न बाध्य छन् ।


