कटहरियाको बिवाह मंडपमा तीज विशेष सम्मान तथा दर कार्यक्रम सम्पन्न

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ भाद्र ९, सोमबार (६ महिना अघि)
  • ८ पटक पढिएको
कटहरियाको बिवाह मंडपमा तीज विशेष सम्मान तथा दर कार्यक्रम सम्पन्न

भदौ ९ गते । रौतहट
तीज पर्वको अवसर पारेर कटहरिया नगरपालिकाको आयोजनामा रौतहटको कटहरिया नगरपालिका वडा नं – ५ विवाह मण्डप भवन कटहरियामा महिलाहरुको महान् पर्व हरितालिका तिजको उपलक्ष्यमा दर खाने कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ।

कार्यक्रमको प्रमुख अतिथि नगर प्रमुख अजय प्रकाश जैसवाल गरेको र अध्यक्षता नगर उपप्रमुख रिता देवी यादवले गरेको थियो । दुबै जनाले पानसमा बत्ती बालेर औपचारिक रूपमा शुभारम्भ गर्नुभयो । महिलाहरुले दर खाई गीत–संगीत र नृत्यसहित तीजको उल्लासपूर्वक सुरुआत गरेका थिए।

कार्यक्रमको प्रारम्भमा तीज पर्वको महत्व झल्काउने गीत(संगीतसहित वातावरण झन् उत्सवमय बनेको थियो । सहभागी महिलाहरुलाई गम्छा, टीका र माला ओढाएर सम्मान गरिएको थियो । साथै तीज पर्वको परम्परा अनुसार दर खुवाइएका विभिन्न परिकारका मिठा(मिठा खानेकुराले कार्यक्रमस्थल आनंदमय बनेको थियो ।कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख जैसवालले तीज पर्वलाई महिला अधिकार, समानता र आत्मसम्मानसँग जोडिएको ऐतिहासिक पर्वको रुपमा व्याख्या गर्नुभयो । उहाँले भन्नुभयो, “तीज केवल नाच(गान र रमाइलोको पर्व मात्र होइन, यो महिलाहरुको पीडा, संघर्ष र अधिकारका आवाज उठाउने पर्व हो ।

 नेपाली नारीहरुले मनाउने हरितालिका अर्थात् तीजको पहिलो दिन आज दर खाइन्छ । माइतीले चेलबेटीलाई बोलाई दर खुवाउने परम्परा रहीआएको छ । आजभोलि महिनौं अघि देखि नै दर खाने र रमाइलो गर्ने चलन बढ्दो छ तर तीज भन्दा एक दिन अगाडि चाहिँ परम्परागत दर खाने चलन रहिआएको मान्यता छ । दरका रुपमा विशेषगरी दुधबाट बनेका शुद्ध परिकार खाइन्छ ।

जसले व्रतका दिन अडिलो बनाउँछ भन्ने मान्यता राखिन्छ । तीजको व्रत सक्नेले निराहार बस्ने भएकाले आज राती व्रत बस्नेहरुले शक्ति प्राप्तिका लागि मीठा मीठा एवं अडिलो परिकार दरका रुपमा खाई  भोली पख व्रतका लागि पूर्वतयारी गदर्छन् । नगर प्रमुख जैसवालले भने हुन त यो पर्व महिलाहरुले वर्षदिनभर आफूलाई परेका दुःख, पीर, मर्कालाई पोख्ने पर्वका रुपमा समेत तीजलाई मनाउने गरिएको छ । तीजको अवसरमा गीतका माध्यमबाट यस्ता मर्कालाई महिलाहरुले सार्वजनिक गर्दछन् ।

 जन्मघरबाट कर्मघरमा गई बस्दा पाएका दुःख, पीर, मर्कालाई नारीले पोख्ने गरेका छन् ।आज महिलाहरु समाजका हरेक क्षेत्रमा नेतृत्वदायी भूमिकामा देखिनु हुनु हाम्रो लागि गौरवको कुरा हो ।” साथै उहाँले आउँदो वर्षदेखि करिब एक हजार महिला सहभागी हुने गरी ठूलो स्तरमा दर खाने कार्यक्रम आयोजना गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । जैसवालले महिलाको सशक्तीकरणबिना समाज र राष्टूको समृद्धि असम्भव हुने भन्दै महिला शिक्षादेखि उद्यमशीलता, स्वास्थ्य र आत्मनिर्भरतालाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । उहाँले नगरपालिकाले महिला उद्यमशीलता प्रवद्र्धन, स्वास्थ्य सेवामा पहुँच र शिक्षा क्षेत्रमा ठोस काम गरिरहेको जानकारी समेत दिनुभयो ।त्यसैगरी पत्रकार प्रकाश श्रेष्ठले पनि महिलाहरुको अधिकार र सहभागितालाई प्राथमिकतामा राख्दै पालिका स्तरमा आवश्यक काम गर्ने अठोट व्यक्त गर्नुभयो ।

ताजा अपडेट

खोजी गर्नुहोस