मधेसमा सशस्त्र घुमुवा मिश्राको आर्थिक आतंक

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ भाद्र ११, बुधबार (६ महिना अघि)
  • ३ पटक पढिएको
मधेसमा सशस्त्र घुमुवा मिश्राको आर्थिक आतंक

रौतहट, ११ भदौ। तराईका विभिन्न जिल्लामा खटिएका सशस्त्र प्रहरी बल नेपालका घुमुवाहरु व्यापारी र सर्वसाधारणमाथि आर्थिक आतंक मच्चाउँदै आएका छन् ।

मधेस प्रदेशका पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सप्तरी र सिरहा जिल्लाको विभिन्न नाकाहरुमा सादा पोसाकमा खटि व्यापारीहरुसँग भेटी रकम असुल्दै आएको सूचना प्राप्त भएको छ ।

सशस्त्र प्रहरी बल मधेश प्रदेश बाहिनी र सशस्त्र प्रहरी बल हेडक्वार्टरको नाममा सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी हवल्दार रोशन मिश्रा, राजीव यादव, रविकान्त मिश्रा र प्रहरी सहायक हवल्दार गगन देव साहले विभिन्न नाकाहरुमा सादा पोशाकमा खटि तस्करी गराउन बापत लाखौं रुपैयाँ असुल्दै आएका छन् ।

सशस्त्र प्रहरी बल नेपालका प्रमुख एवम महानिरीक्षक (आईजीपी) राजु आर्यलले पद सम्हाल्नासाथ ३ सय घुमुवालाई तराईको जिल्लाबाट घुमुवा तान्ने अप्रेशन चलाएका थिए । अर्यालले सादा पोशाकमा कुनै पनि सशस्त्र प्रहरीलाई घुमुवा नखटाउन लागू निर्देशन दिएका थिए ।

तर, सशस्त्र प्रहरीका मिश्रा र यादव, साहले सशस्त्र मुख्यालयले खटाएको हो भन्दै विभिन्न नाकामा तस्करी गराए बापत आईजीपी अर्यालको नाममा ठूलो रकम असुल्दै आएका छन् ।

उनीहरुले सशस्त्र प्रहरी गुल्म, बिओपी र वेसमा पुगी हाकिमहरुसँग समन्वय गरि आईजीपी अर्यालको नाम भजाउँदै तस्करी लाईन खुल्ला गराए बापत लाखौं रुपैयाँ असुली गरेको बताइन्छ ।

यस्तै सई ज्ञानेन्द्र आलेमगरले आईजीपी अर्यालको नाममा पनि मधेसमा आतंक नै मच्चाएका छन् ।

पर्साको आईसीपी र बाराको बरैनिया बिओपीको इन्चार्ज बसिसकेका आलेमगरको व्यापारीहरुसँग पुरानो सम्बन्ध रहेकाले आईजीपी अर्यालको नाममा रकम समेत उठाउँदै आएका हुन् ।

त्यतिमात्र नभएर उनी माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका पिएसोसमेत बसेका थिए । यस विषयमा सई आलेले आफू सादा पोसाकमा नरहेको बताए । आफूले आईजीपी साबको नाम भजाएर पैसा उठाउने नगरेको दावी गरे ।

यस्तै हवल्दार मिश्रा र यादव तत्कालिन बागमति प्रदेशका बाहिनीपति रहेका गणेश ठाडामगरका घुमुवा बसेका थिए । त्यतिबेला उनीहरुलाई अहिलेका आईजी अर्यालले नै गुनासो बढी आएको भन्दै सशस्त्र मुख्यालय तानेका थिए । तर, अहिले उनीहरु आईजीपी अर्यालको नाममा आतंक मच्चाइरहेका छन् ।

यस विषयमा रोशन मिश्राले बारामा आफुहरुको नाममा कसैले पैसा उठाइरहेको बताए । उनले भने, ‘हो मेरो नाममा कसैले पैसा उठाइरहेको खबर सुन्नमा आएको छ । त्यसमा कसले उठाइरहेको छ त्यो खोज्दैछु । तर, मैले चाहिँ उठाएको छैन् ।’

सशस्त्र प्रहरी हवल्दार गगनदेव साह पहिला बारा जिल्लामा पत्रकारको नाममा पैसा असुल्ने क्रममा पक्राउ परेका थिए । त्यसपछि केही समय उनी निलम्बनमा परेका थिए । पछि निलम्बन फुकुवा भयो । अहिले फेरी उनै साह आईजीपी अर्यालको नाम भजाउँदै मधेसमा तस्करको लाइन खुलाउन लागिपरेका छन् ।

सशस्त्र प्रहरी बल नेपाल एउटा अब्बल संगठनको रुपमा चिनिए पनि घुमुवाको चन्दा आतंकले मधेसमा सशस्त्र प्रहरी संगठनप्रतिको विश्वास र लोकप्रियता गुम्दै गएको स्थानीयले आरोप लगाउन थालेका छन् ।

रौतहटको चिनी तस्करी काण्डमा समेत उनीहरुको संलग्नता रहेको खुलेको छ । घुमुवाहरुको चलखेलले डिएसपीमाथि कारबाही भएको बताइन्छ ।

स्थानीय व्यापारी र सर्वसाधारणले दिएको जानकारी अनुसार मिश्रा दैनिक रूपमा नाका–नाका पुगेर तस्करीमा संलग्न समूहसँग रकम असुल्ने काम गर्दै आएका छन्। आईजीकै घुमुवा भएको धाक देखाउँदै उनले पैसा असुलेपछि तस्करी गर्नेहरू निश्चिन्त हुने गरेका छन्।

यस्तै, सीमाक्षेत्रमा व्यापक तस्करी भइरहेको बेला सुरक्षा निकायकै नाममा पैसा असुल्ने गतिविधिले सर्वसाधारणमा आक्रोश बढेको छ। प्रहरी अधिकारीहरूले भने यसबारे बोल्न अझै तयारी देखाएका छैनन्।

ताजा अपडेट

खोजी गर्नुहोस