भक्तपुरबाट खैरो हेरोइनसहित एक जना पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ भाद्र ११, बुधबार (६ महिना अघि)
  • ३ पटक पढिएको
भक्तपुरबाट खैरो हेरोइनसहित एक जना पक्राउ

काठमाडौँ, ११ भदौ। प्रहरीले भक्तपुरको मध्यपुर थिमी नगरपालिका–३ स्थित गठ्ठाघरबाट खैरो हेरोइन कारोबारमा संलग्न एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको कानेपोखरी गाउँपालिका–३ घर भएका ३० वर्षीय शरण राई छन् । 

आरोपीको साथबाट १० ग्राम ६४ मिलिग्राम खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डीराज नेउपानेले बताए । 

उनको साथमा लागुऔषध जोख्ने डिजिटल तराजु पनि भेटिएको छ । आरोपी विरुद्ध ७ दिनको म्याद लिएर लागुऔषध मुद्दामा अनुसन्धान भइरहेको डीएसपी नेउपानेले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस