वीरगञ्जमा अबैध सामानसहित भारतीय मोटरसाइकल बरामद

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ भाद्र १२, बिहिबार (६ महिना अघि)
  • २ पटक पढिएको
वीरगञ्जमा अबैध सामानसहित भारतीय मोटरसाइकल बरामद

वीरगञ्ज, १२ भदौ। सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण मुख्यालय, पर्सा, प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्ज र वीरगञ्ज भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले लाखौं मूल्य बराबरका अबैध सामान बरामद गरेको छ।

बुधवार वीरगञ्ज महानगरपालिका–१०, अशोक बाटिकास्थित सिता थापाको घरमा भारतबाट भन्सार छली गरी ल्याएर भण्डारण गरिएको कपडा तथा सोही स्थानबाट BR 22 S 0701 नम्बरको भारतीय मोटरसाइकलमा लोड गरी ल्याउँदै गरिएको विभिन्न सामान बरामद गरिएको हो।

बरामद सामानमा Afzal Double Apple हुक्का फ्लेवर, कपडा र किराना सामान रहेको छ, जसको भन्सार मूल्य करिब रु. १७ लाख ८५ हजार ७ सय ३६ रहेको सशस्त्र प्रहरी बलले जनाएको छ। साथै उक्त कार्यमा प्रयोग गरिएको मोटरसाइकलको मूल्य रु. १ लाख ४० हजार तोकिएको छ।

बरामद गरिएका सबै सामान तथा मोटरसाइकल आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिएका छन्।

ताजा अपडेट

खोजी गर्नुहोस