कुकुर बचाउन खोज्दा एक युवक सुनकोशी नदीमा बेपत्ता

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ भाद्र १२, बिहिबार (६ महिना अघि)
  • ४ पटक पढिएको
कुकुर बचाउन खोज्दा एक युवक सुनकोशी नदीमा बेपत्ता

काभ्रेपलाञ्चोक, १२ भदौ। भुम्लु गाउँपालिका-८ दुलालेश्वर मन्दिर नजिकै सुनकोशी नदीमा एक जना युवक बेपत्ता भएका छन्  ।

सुनकोशी नदीले भुम्लु गाउँपालिका-१ रिठ्ठेका २३ वर्षीय महेश दर्जीलाई बगाएको सशस्त्र प्रहरी १५ नं‍‍.  गण काभ्रेका प्रमुख माधव रेग्मीले जानकारी दिए ।

आफैंले पालेको कुकुर नदीमा हाम फालेको र त्यसलाई बचाउन जाँदा दर्जीलाई नदीले बगाएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी कोमल शाहले जानकारी दिए ।

सशस्त्र प्रहरी १५ नं‍‍. गणका प्रमुख रेग्मीका अनुसार दर्जीको खोजीको लागि सशस्त्र प्रहरी निरीक्षक विनोद थापाको कमाण्डमा ११ जना र नं १६ गण बाट सशस्त्र प्रहरी सहायक निरीक्षक आदर्शकुमार शाहको कमाण्डमा ११ जना उद्धार टोली खटिएको छ ।

त्यस्तै दर्जीको खोजीको लागि प्रहरी निरीक्षक प्रशान्त तमाङको नेतृत्वमा पनि टोली खटिएको एसपी कोमल शाहले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस