विभिन्न पाँच मुद्दाका एक अभियुक्त पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ भाद्र १२, बिहिबार (६ महिना अघि)
  • ३ पटक पढिएको
विभिन्न पाँच मुद्दाका एक अभियुक्त पक्राउ

काठमाडौं, १२ भदौ। विभिन्न पाँच मुद्दाका एक अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्नेमा ललितपुरको बागमती गाउँपालिका–५ का ३१ वर्षीय छबिन्द्र हुमागाईं छन् । उनलाई कामाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

उनी विभिन्न पाँच मुद्दाका अभियुक्त रहेको पाइएको प्रहरीले बताएको छ । पछिल्लो पटक उनी वैदेशिक ठगीको अभियोगमा पक्राउ परेका हुन् । स्लोभाकिया पठाउने भन्दै रकम ठगी गरेको आरोप उनीमाथि छ ।

यसअघि उनीविरुद्ध विभिन्न चार वटा मुद्दा चलेको पाइएको छ । बैंकिङ कसुरको मुद्दामा ललितपुर जिल्ला अदालतबाट १८ भदौ २०८१ मा ५ लाख बिगो भराउने, सोही बराबरको जरिवाना र २४ हजार क्षतिपूर्तिको फैसला भएको थियो ।

जिल्ला प्रहरी परिसर काठमाडौंमा उनीविरुद्ध १५ लाखको ठगी तथा आपराधिक लाभको कसुर, प्रहरी वृत्त कालिमाटीमा १ लाख ५० हजार, कालिमाटीमै १ लाख ३ हजार १०० को बैंकिङ कसुरको जाहेरी परेको पाइएको छ । प्रहरी वृत्त महाराजगञ्जमा पनि बैंकिङ कसुरको उजुरी उनीविरुद्ध रहेको प्रहरीले बताएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस