कैलालीको खुटिया नदीमा नुहाउने क्रममा चार किशोर बेपत्ता

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ भाद्र १२, बिहिबार (६ महिना अघि)
  • ४ पटक पढिएको
कैलालीको खुटिया नदीमा नुहाउने क्रममा चार किशोर बेपत्ता

धनगढी, १२ भदौ। कैलालीको खुटिया नदीमा डुबेर चार जना बेपत्ता भएका छन् । गोदावरी नगरपालिका–९ स्थित खुटिया नदीमा नुहाउने क्रममा धनगढीका चार किशोर बेपत्ता भएको प्रहरीले जनाएको छ ।

बेपत्ता हुनेमा १७ वर्षीय सक्षम जोशी, १५ वर्षीय जेव भण्डारी, १७ वर्षीय जादेज भण्डारी र १७ कै प्रतीक चौधरी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) राजकुमार सिंहले बताए ।

उनीहरू ७ जनाको समूहमा दिउँसो २ बजेतिर खुटिया नदीमा नुहाउने क्रममा डुबेका थिए भने अन्य तीन जनाको सकुशल उद्धार गरिएको छ ।

नदीमा बेपत्ता भएका किशोरहरूको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक(डीएसपी) सिंहले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस