सर्लाहीको जिल्ला प्रशासन कार्यालयको पार्किङबाट मोटरसाइकल चोरी

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ भाद्र १३, शुक्रबार (६ महिना अघि)
  • २ पटक पढिएको
सर्लाहीको जिल्ला प्रशासन कार्यालयको पार्किङबाट मोटरसाइकल चोरी

सर्लाही, १३ भदौ। सर्लाहीको सदरमुकाम मलंगवास्थित जिल्ला प्रशासन कार्यालय सर्लाही अगाडिबाट मोटरसाइकल चोरी भएको छ।

आज (बिहिबार) साँझ करिव ४ देखि ५ बजे बिंचको समयमा प्रशासन कार्यालय बाहिर पार्किङ्ग गरेर राखिएको जिल्लाको बलरा नगरपालिका – ८, गडहियाका लाल बाबु राय ( मिलन जी ) को बि आर ०६ बिएल ३९३५ नम्बरको मोटरसाईकल चोरी भएको हो।

रायका अनुसार एउटा बिषयमा छलफल भएको र आफू त्यहाँ आफूले मोटरसाईकल पार्किङ्ग गरेर गएको र पछि आउँदा मोटरसाइकल त्यहाँ थिएन। मोटरसाइकल चोरी भएपछी प्रहरीलाई खोजि गरिदिन निबेदन दिएको उनले बताए।

जिल्ला प्रशासन कार्यालय पछिल्लो समय मोटरसाइकल चोरहरुको अखडा नै बनेको छ। प्रशासन कार्यालयमा सेवालिन गएका अधिकांश सेवाग्राहीका मोटरसाइकल यसरि नै हराउने गरेका छन्। मोटरसाईकल हराएपछि प्रहरीले उक्त स्थानमा सिसिटिभी क्यामेरा नभएका कारण मोटरसाईकल खोज्न समेत मुश्किल पर्ने प्रहरी बताउछ।

बारम्बार यसरि सेवाग्राहीका मोटरसाइकल चोरी हुँदासमेत उक्त स्थानमा सिसिटिभी क्यामेरा जडान नगर्नु र प्रशासन कार्यालय अगाडी नै यसरि श्रृंखलाबद्व रुपमा चोरी हुनु दुख:द हो।

ताजा अपडेट

खोजी गर्नुहोस