पश्चिम नवलपरासीको बर्दघाटबाट १८ गोरुसहित ट्रक नियन्त्रणमा

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ भाद्र १३, शुक्रबार (६ महिना अघि)
  • ३ पटक पढिएको
पश्चिम नवलपरासीको बर्दघाटबाट १८ गोरुसहित ट्रक नियन्त्रणमा

पश्चिम नवलपरासी, १३ भदौ। पश्चिम नवलपरासीको बर्दघाटबाट प्रहरीले १८ ओटा गोरुसहित तस्करीमा प्रयोग गरिएको एक ट्रक नियन्त्रणमा लिएको छ।

बर्दघाट नगरपालिका–४ को टिसिएन चोकमा पश्चिमतर्फबाट पूर्वतर्फ जाँदै गरेको ना६ख ९१७७ नम्बरको ट्रक नियन्त्रणमा लिएको हो। प्रहरीले चेकजाँच गर्दा ट्रकभित्र १८ वटा गोरु फेला पारेको थियो। तीमध्ये एक गोरु मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।

गोरुलाई सुनवल नगरपालिका–३ कीर्तिपुरस्थित कामधेनु गौशालामा बुझाइएको छ।

घटनामा संलग्न ट्रक चालक मकवानपुर, हेटौंडा–१९ बस्तिपुरका २८ वर्षीय तोयनाथ शिवाकोटीलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको छ।

ताजा अपडेट

खोजी गर्नुहोस