चोरी गरेर फरार भएका महिला भक्तपुरबाट पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ भाद्र १३, शुक्रबार (६ महिना अघि)
  • ३ पटक पढिएको
चोरी गरेर फरार भएका महिला भक्तपुरबाट पक्राउ

काठमाडौं, १३ भदौ। चोरी सम्बन्धी मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा भक्तपुर नगरपालिका–२ व्यासी बस्ने ५४ वर्षीया चन्चला भन्ने चेतना वैध छिन् ।

उनलाई बिहीबार उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले भक्तपुर नगरपालिका–९ लिवालीबाट पक्राउ गरेको हो ।

जिल्ला अदालत भक्तपुरबाट २०८१ माघ ९ गतेको फैसलाले उक्त मुद्दामा ४ महिना कैद र २० हजार रूपैयाँ जरिवाना सजाय ठहर भएको थियो ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत भक्तपुरमा पेश गरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस