सर्लाहीको लालबन्दीबाट २७ किलो गाँजासहित एक युवक पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ भाद्र १३, शुक्रबार (६ महिना अघि)
  • ३ पटक पढिएको
सर्लाहीको लालबन्दीबाट २७ किलो गाँजासहित एक युवक पक्राउ

सर्लाही, १३ भदौ। सर्लाहीको लालबन्दीबाट २७ केजी गाँजासहित एक युवक पक्राउ परेका छन्। लालबन्दीमा भारततर्फ लैजान लागेको २७ किलो गाँजासहित एक युवक पक्राउ परेका हुन्।

इलाका प्रहरी कार्यालय लालबन्दीका इन्स्पेक्टर वीरेन्द्रसिंह जोहारीको नेतृत्वमा खटिएको प्रहरी टोलीले पत्थरकोटबाट लालबन्दीतर्फ आउँदै गरेको मोटरसाइकल रोकेर जाँच गर्ने क्रममा गाँजा बरामद गरेको हो। प्रहरीका अनुसार मोटरसाइकलमा दुई जना सवार थिए।

प्रहरी देख्नेबित्तिकै भाग्न खोज्दा तीमध्ये २० वर्षीय सन्ते ब्लोन पक्राउ परेका हुन्। अर्का एकजना भने फरार छन्। पक्राउ परेका ब्लोनलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाइएको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस