नापी अधिकृत यादवविरुद्ध भ्रष्टाचार मुद्दा

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ भाद्र १३, शुक्रबार (६ महिना अघि)
  • ३ पटक पढिएको
नापी अधिकृत यादवविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं, १३ भदौ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा भैरहवाका नापी अधिकृत सुग्रीव यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले नापी अधिकृत यादवमाथि ५ करोड ७९ लाख रुपैंया गैरकानुनी रुपमा आर्जन गरेको अभियोग लगाएको हो ।

१४ करोड ८३ लाख रुपैंयाको सम्पत्ति जोडेका यादवले ९ करोड ३ लाख रुपैंया मात्रै कानुनी रुपमा आर्जन गरेको अख्तियारको दाबी छ ।

अख्तियारले उनीसहित उनकी श्रीमती गायत्री यादव, छोराहरू सुधांशु यादव र शुभम् यादवविरुद्ध समेत मुद्दा दायर गरेको हो ।

२०५३ सालमा सरकारी जागिर सुरु गरेका उनले २८ वर्षको अवधिमा एक तिहाइभन्दा बढी सम्पत्ति गैरकानुनी रुपमा आर्जन गरेको अख्तियारको दाबी हो ।

ताजा अपडेट

खोजी गर्नुहोस