
काठमाडौं, १३ भदौ। सिदार्थ राजमार्गअन्तर्गत स्याङ्जाको राम्दीमा लागुऔषधसहित दुई जनालाई पक्राउ गरिएको छ ।
वडा प्रहरी कार्यालय वालिङ र अस्थायी प्रहरी चौकी राम्दीबाट खटिएको प्रहरीको टोलीले सवारी साधन जाँच गर्ने क्रममा शुक्रबार बुटवलबाट पोखरातर्फ जाँदै गएको लु१ख ८४५२ नम्बरको यात्रुवहाक बसमा सावर दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा पोखरा महानगरपालिका–३२ लेखनाथ बस्ने २४ वर्षीय अजय परियार र ३० वर्षीय अमृत थापा रहेका छन् ।
प्रहरीले उनीहरुको साथबाट डाईजेपाम ३४ एम्पुल, नुफिन ३४ एम्पुल, फेनेरागन ३४ गरी जम्मा १०२ एम्पुल बरामद गरिएको जिल्ला प्रहरी प्रवक्ता प्रशन्नराज चौधरीले जानकारी दिए ।
