बारा प्रहरीले एक घरमा छापा मार्दा : १३८ किलो गाजा बरामद, एक महिला पक्राउ 

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ भाद्र १४, शनिबार (६ महिना अघि)
  • ३ पटक पढिएको
बारा प्रहरीले एक घरमा छापा मार्दा : १३८ किलो  गाजा बरामद, एक महिला पक्राउ 

बारा, १४ भदौ। बारा प्रहरीले एक घरमा छापा मारेर ठूलो मात्रामा प्रतिबन्धित लागूऔषध गाजा बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको टोलीले शुक्रबार राती सिम्रौनगढ नगरपालिका–९ नयाका टोलस्थित एक व्यक्तिको घरमा छापा मार्दा करिब १३८ किलो ७०० ग्राम गाजा बरामद गरिएको हो ।

विशेष स्रोतका अनुसार उक्त घरबाट गाजासहित एक महिलालाई प्रहरीले नियन्त्रणमा लिइएको जनाएको छ । पक्राउ गरिएको महिलाको नाम अहिले गोप्य राखिएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस