सिरहामा करेन्ट लागेर दुई जनाको मृत्यु

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ भाद्र १५, आईतबार (५ महिना अघि)
  • ३ पटक पढिएको
सिरहामा करेन्ट लागेर दुई जनाको मृत्यु

सिरहा, १५ भदौ। सिरहामा शनिबार करेन्टमा दुई जनाको मृत्यु भएको नेपाल प्रहरीले जानकारी दिएको छ ।

सिरहा नगरपालिका-४ रमौल बस्ने इद महमदको छोरा १५ वर्षीय मो अम्मादको करेन्ट लागेर शनिबार राति मृत्यु भएको छ । आफ्नै घरको कलमा जडान गरिएको विद्युतीय मोटरबाट करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल सिराहामा उपचारको क्रममा मृत्यु भएको हो । 

यसैगरी सिराहाकै लहान नगरपालिका-१९ कटहा बस्ने ४० वर्षीय कमकलाल सदायको करेन्ट लागेर शनिबार दिउँसो मृत्यु भएको छ । आफ्नै घरमा सिटी रिक्सा चार्ज गरी चार्जर झिक्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको कामना अस्पताल लहानमा उपचारको क्रममा मृत्यु भएको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस