पोखराको फेवातालमा हाम्फालेकी एक महिलाको सकुशल उद्धार 

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ भाद्र १७, मंगलबार (५ महिना अघि)
  • ५ पटक पढिएको
पोखराको फेवातालमा हाम्फालेकी एक महिलाको सकुशल उद्धार 

काठमाडौं, १७ भदौ। कास्कीको पोखरा महानगपालिका–६ गौरीघाटस्थित फेवातालमा हाम्फालेकी एक महिलाको सकुशल उद्दार गरिएको छ ।

मकवानपुर घर भइ हाल पोखरा–६ लेकसाइड बस्ने वर्ष अम्दाजी ४५ कि हिरा नेगी तालमा हामफालेको सशस्त्र प्रहरीले जनाएको छ । 

मंगलबार बिहान हामफालेकी उनी तालमा रहेको काठको मुढामा अड्किएको भन्ने खबर  प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नेपाल कालिका गण कास्कीबाट इन्सपेक्टरको  कमाण्डमा ५ जना गोताखोरसहितको संयुक्त  सुरक्षा फौजले उनको उद्दार गरेको हो । 

 उद्धार पश्चात उनलाई  स्वास्थ्य विज्ञान प्रतिष्ठान रामघाट  पठाइएको  छ भने  अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । 

ताजा अपडेट

खोजी गर्नुहोस