रसुवाको गोसाइँकुण्डमा मोटरसाइकल दुर्घटना हुँदा दुई युवाको शव फेला 

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ भाद्र १७, मंगलबार (५ महिना अघि)
  • ३ पटक पढिएको
रसुवाको गोसाइँकुण्डमा मोटरसाइकल दुर्घटना हुँदा दुई युवाको शव फेला 

रसुवा, १७ भदौ। रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–६ सोलेस्थित खोलामा मोटरसाइकल दुर्घटना हुँदा दुई युवाको शव फेला परेको छ।

जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार गोसाइँकुण्ड–६ ठाडे बस्ने २४ वर्षीय सुदिप घले र २३ वर्षीय दावा डेण्डुप तामाङ एएए–३८१७ नम्बरको मोटरसाइकलमा भदौ १५ गते धुन्चेतर्फ जाँदै गरेका थिए। उनीहरू सोही दिनदेखि सम्पर्कविहीन भएपछि आफन्तले मंगलबार बिहान प्रहरीमा खोजतलासको लागि निवेदन दिएका थिए।

निवेदनपछि खोजी कार्य सुरु गरिएको थियो। धुन्चेमा जडान गरिएको सिसिटिभी फुटेजमा भदौ १५ गते राति करिब १० बजे मोटरसाइकलमा धुन्चेबाट ठाडेतर्फ गइरहेको देखिएको प्रहरीले जनाएको थियो। त्यसकै आधारमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोली परिचालन गरिएको थियो।

जसअनुसार मंगलबार बिहान उनीहरुको मोटरसाइकल दुर्घटनाग्रस्त अवस्थामा शव फेला परेको हो । घटनास्थल निरीक्षण गर्दा मोटरसाइकल सडकबाट करिब २५० मिटर तल खोलामा खसेर दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ। फेला परेको एउटा शवलाई रोप रेस्क्यु प्रविधिबाट निकालेको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । 

ताजा अपडेट

खोजी गर्नुहोस