थाइल्यान्डबाट लागुऔषध गाँजासहित एक जना भारतीय नागरिक पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ भाद्र १७, मंगलबार (५ महिना अघि)
  • ५ पटक पढिएको
थाइल्यान्डबाट लागुऔषध गाँजासहित एक जना भारतीय नागरिक पक्राउ

काठमाडौं, १७ भदौ। त्रिभुवन अन्तर्रााष्ट्रिय विमानस्थलको भन्सार एरियाबाट अवैध लागुऔषध गाँजासहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् ।

एक किलो ७०८ ग्राम गाँजासहित भारतीय नागरिक ४० वर्षीय मत्रा पथरत अली अकबर छन् ।

विमानस्थल सुरक्षा कार्यालय र भन्सार कार्यालयबाट खटिएको टोलीले एयर एसियाको उडानद्वारा बैंककबाट काठमाडौं आएका उनलाई जाँच गर्ने क्रममा पक्राउ गरेको हो । उनको लगेजबाट उक्त गाँज बारमद भएको छ ।

उनलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि लागुऔषध नियन्त्रण ब्यूरो पठाइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस