त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ भाद्र १७, मंगलबार (५ महिना अघि)
  • ३ पटक पढिएको
त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला

काठमाडौँ, १७ भदौ। गण्डकी गाउँपालिका–८ बर्खेघाटस्थित त्रिशूली नदी किनारमा एक महिलाको शव भेटिएको छ । नुवाकोट विदुर नगरपालिका–८ की ५१ वर्षीय उमादेवी भट्टको शव भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माले बताए ।

शव त्रिशूली नदीले बगाएर ल्याएको प्रहरीले जनाएको छ । घटनास्थलमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्मा नेतृत्वको टोली खटिएको छ । शवको पहिचान भइसकेको र घटनास्थल मुचुल्का लगायतको काम भइरहेको प्रहरीले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस