काठमाडौंको गोंगबुस्थित एक घरमा प्रहरीको छापा, करिब ४ करोड नगद र सुन बरामद

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ भाद्र १७, मंगलबार (५ महिना अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

काठमाडौं, १७ भदौ। काठमाडौंको गोंगबुस्थित एक घरमा प्रहरीले छापामारेको ठूलो मात्रामा रकम बरामद गरेको छ ।

ठूलो मात्रामा अवैध रकम लुकाएर राखेको आशंकामा प्रहरीले छापा मारेको रकम बरामद गरेको हो ।

करिब चार करोड रकम बरामद भएको बताइएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीका अनुसार रकम गन्ने काम भइरहेको अहिले यकिन भएको छैन ।

यो अवैध रकमबारे प्रहरीलाई सूचना आएको थियो । त्यसपछि प्रहरी आज अपरेशन चलाएको हो ।

सो क्रममा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा विनोद श्रेष्ठ नाम गरेका व्यक्ति रहेको पाइएको छ ।

यो रकम र सुनबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस