पूर्वीनवलपरासीमा कन्टेनर र ट्रक एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ भाद्र १८, बुधबार (५ महिना अघि)
  • २ पटक पढिएको
पूर्वीनवलपरासीमा कन्टेनर र ट्रक एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु

चितवन, १८ भदौ। पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको लोकाहामा कन्टेनर र ट्रक ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कन्टेनर चालक माधव पंज्ञानी छन् ।

जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका सूचना अधिकारी मधु नेपालका अनुसार पंज्ञानीको पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचारको क्रममा मृत्यु भएको हो ।

गएराति नारायणगढबाट बुटवलतर्फ जाँदै गरेको ना २ क ११९ नम्बरको कन्टेनर र बुटवलबाट नारायणगढतर्फ जाँदै गरेको प्र २–०३००१ ख ४०५६ नम्बरको ट्रक ठोक्किएका थिए ।

दुर्घटनामा घाइते कन्टेनर सहचालक रामबहादुर सार्की र ट्रक चालक बिचबहादुर थिङ घाइते भएका छन् । उनीहरुको भरतपुरमै उपचार भइरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस