बझाङमा जेसीबी दुर्घटना हुँदा, चालकको मृत्यु

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ भाद्र १९, बिहिबार (५ महिना अघि)
  • ३ पटक पढिएको
बझाङमा जेसीबी दुर्घटना हुँदा, चालकको मृत्यु

बझाङ, १९ भदौ। बझाङको सुर्मा गाउँपालिकामा जेसीबी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बिहीबार सुर्मा गाउँपालिका–३ बाट सुर्मा जाने बाटोको दौलिगाडमा अवरुद्ध भएको सडक खुलाउन जाने क्रममा जेसीबी दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको हाे ।

जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी गणेशसिंह महराका अनुसार सुर्मा गाउँपालिका–३ कोलपाटा भन्ने स्थानमा हिजो साँझ ८ बजे जेसीबी पल्टिएको हो । उक्त दुर्घटनामा जेसीबी चालक कैलालीको धनगढी उपमहानगरपालिका–३ का रणबहादुर नेगीको घटनास्थलमै मृत्यु भएको उनले बताए ।

दुर्घटनामा सुर्मा गाउँपालिका–३ काँटैका रवि बोहरा र वडा नम्बर ५ का धर्मराज जेठारा घाइते भएका छन्।

ताजा अपडेट

खोजी गर्नुहोस