सल्यान, १९ भदौ। मुहानमा पानी खान गएका बेला सडकमाथिबाट खसेको ढुंगा लागेर सल्यानका एकजनाको मृत्यु भएको छ । एकजना घाइते भएका छन् । मृत्यु हुनेमा सल्यानको बन्गाड कुपिण्डे नगरपालिका-११ का विजय बुढा रहेका छन् ।
उनी भे ६ प ५६२ नम्बरको मोटरसाइकलमा ४७ वर्षीया मनिषा गन्धर्वसँग सुर्खेतको बोटेचौरबाट सल्यानको आपचौर गइरहेका थिए । ओर्लेर गुर्वाकोट नगरपालिका-९ पोखरेस्थित धागेचरी मुहानमा पानी खान गएका बेला सडक माथिबाट खसेको ढुंगाले लागेको थियो ।
स्थानीय खिमलाल बिकका अनुसार ढुंगाले लागेर घाइते दुवैको आफन्त, स्थानीय तथा प्रहरीले उद्धार गरेर कर्णाली प्रदेश अस्पताल सुर्खेत पुर्याएका थिए । बुढाको उपचारका क्रममा बुधबार राति मृत्यु भएको र मनिषाको उपचार भइरहेको बिकले बताए ।


