सिरहामा घाँस काट्दै गरेकी महिलाको चट्याङ लागेर मृत्यु

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ भाद्र २३, सोमबार (५ महिना अघि)
  • ४ पटक पढिएको
सिरहामा घाँस काट्दै गरेकी महिलाको चट्याङ लागेर मृत्यु

सिरहा,२३ भदौ। सिरहामा खेतमा घाँस काट्दै गरेकी महिलाको चट्याङ लागेर मृत्यु भएको छ।

जिल्लाको सिरहा नगरपालिका – १९ जोगिया टोलमा आइतबार दिउँसो चट्याङ लाग्दा एक महिलाको मृत्यु भएको हो। मृत्यु हुनेमा स्थानीय ५० वर्षीया सुलेनादेवी मण्डल रहेकी छन्। घाँस काट्दै गरेकी उनलाई अचानक परेको चट्याङले घटनास्थलमै मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी वीरेन्द्रकुमार पासवानका अनुसार मौसम अचानक बदलिएसँगै परेको चट्याङको आघातबाट मण्डलको मृत्यु भएको पुष्टि भएको हो।

ताजा अपडेट

खोजी गर्नुहोस