प्रहरीले गोली चलाउँदा घाइते भएका थप २० जना ट्रमा सेन्टरमा उपचार हुँदै

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ भाद्र २३, सोमबार (५ महिना अघि)
  • ३ पटक पढिएको
प्रहरीले गोली चलाउँदा घाइते भएका थप २० जना ट्रमा सेन्टरमा उपचार हुँदै

काठमाडौं,२३ भदौ। जेनजीको आन्दोलनमा घाइते भएका थप २० जनाको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

बानेश्वर क्षेत्रमा प्रहरीले गोली चलाउँदा घाइते भएका २० जनालाई उपचारका लागि ट्रमा सेन्टर पठाइएको हो ।
ट्रमा प्रशासनका अनुसार उनीहरुको जाँच हुनुका साथै उपचार भइरहेको छ ।

यस्तै, अन्य दर्जनौ घाइतेको सिभिल अस्पतालमा उपचार भइरहेको छ । उपचार भइरहेका घाइतेको संख्या यकिन नभएको अस्पताल स्रोतले जनाएको छ ।

सिभिल अस्पतालमा एक जना प्रदर्शनकारीको मृत्यु भइसकेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस