
विराटनगर, २४ भदौ। विराटनगर महानगरपालिका र बुढीगंगा गाउँपालिकाको सीमानामा पर्ने पुष्पलाल चोकमा रहेको शहीद पुष्पलाल श्रेष्ठको सालिक आन्दोलनकारीले तोडफोड गरेका छन् ।
प्रदर्शनको क्रममा प्रहरीले गरेको दमनकोविरोधमा आन्दोलनमा उत्रिएको समूहले मंगलबार बिहान पुष्पलालको सालिक तोडफोड गरेको हो ।
पुष्पलालको सालिक तोडफोड गरेका युवाहरूले चोकको नाम जेनजी चोक घोषणा गरेका छन् ।
सालिक भत्काएको समूहले पुष्पलाल चोकमा टायर बालेर प्रदर्शन गरिरहेका छन् ।
