उपप्रधानमन्त्री सिंहको ठमेलस्थित घर र गाडी आगजनी

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ भाद्र २४, मंगलबार (५ महिना अघि)
  • ४ पटक पढिएको
उपप्रधानमन्त्री सिंहको ठमेलस्थित घर र गाडी आगजनी

काठमाडौं, २४ भदौ। उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहको ठमेल चाक्सीबारीस्थित घरमा प्रदर्शनकारीले आगजनी गरेका छन् । प्रदर्शनकारीले सिंहको निवास र ६ वटा गाडी जलाइदिएका हुन् ।

नेता सिंह र उनको परिवारका सदस्यहरुलाई भने सुरक्षाकर्मीले पहिल्यै सुरक्षित स्थानमा पठाएका थिए । स्रोतका अनुसार उपप्रधानमन्त्री सिंह नेपाली सेनाको सुरक्षामा छन् ।

आक्रोशित समूह सिंह निवासमा प्रवेश गरेपछि सुरक्षाकर्मीले रोक्न सकेका थिएनन् । त्यसपछि प्रदर्शनकारीले सिंह निवासमा आगो लगाइदिएको प्रत्यक्षदर्शीले बताएका छन् ।

ठमेलको चाक्सीबारीस्थित निवास गणेशमान सिंहको पालाको हो । बुवाले बनाएको सोही घर मर्मत गरी प्रकाशमान सिंह बस्दै आएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस