निषेधाज्ञा लागू गर्ने तयारीमा सेना, लुटपाटमा संलग्न २७ जना नियन्त्रणमा

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ भाद्र २५, बुधबार (५ महिना अघि)
  • ४ पटक पढिएको
निषेधाज्ञा लागू गर्ने तयारीमा सेना, लुटपाटमा संलग्न २७ जना नियन्त्रणमा

काठमाडौं, २५ भदौ। देशका विभिन्न स्थानमा निरन्तर बढिरहेका लुटपाट र आगजनीजस्ता घटनालाई नियन्त्रणमा लिन नेपाली सेनाले कडा कदम चाल्न थालेको छ । यसै क्रममा सेनाले निषेधाज्ञा जारी गर्ने तयारी अघि बढाएको जनाएको छ ।

सेनाका प्रवक्ता राजाराम बस्नेतका अनुसार, “हाम्रो प्राथमिकता परिस्थिति सामान्य बनाउन हो । त्यसका लागि जमघट रोक्ने, लुटपाट नियन्त्रण गर्ने र जनताको सुरक्षामा ध्यान दिने तयारी भइरहेको छ । आवश्यक परे निषेधाज्ञा लागू गरिनेछ।”

सेनाले अत्यावश्यक सेवामा कुनै असर नपर्ने स्पष्ट पार्दै, सामान्य नागरिकलाई आवश्यक कारणबाहेक घरमै बस्न आग्रह गरेको छ । यसैबिंच हालसम्म लुटपाटमा संलग्न २७ जनालाई नियन्त्रणमा लिइसकिएको सेनाले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस