गरुडामा सेनाको सुरक्षा

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ भाद्र २५, बुधबार (५ महिना अघि)
  • ३ पटक पढिएको
गरुडामा सेनाको सुरक्षा

रौतहट, २५ भदौ। देशैभर सेना परिचालन भएपनि आज गरुडा नगर प्रमुख कन्थमनी प्रसादको घरमा केही व्यक्तिको समुहले लुटपाट गरेका छन्।

आन्दोलनको नाममा केही व्यक्तिको समूहले केहीबेर अगाडि मेयर जयसवालको घरमा प्रवेश गरी चामल र मेसिनरी समान लुटपाट गरी लगेको प्रहरीले जनाएको छ।

उनीहरूले घरमा आगो लगाउने समेत प्रयास गरेपनि प्रहरी पुगेपछि उनीहरूको त्यो प्रयास सफल हुन् नसकेको बताइएको छ।

समयमा प्रहरी पुगेका कारण थप लुटपाट र आगजनी हुनबाट जोगिएको छ। गरुडामा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी गस्तीमा कडाइ गरेको छ।

सार्वजनिक र निजी सम्पत्ति रक्षाका लागि सेना सहित प्रहरीले सडकमा गस्तीमा कडाइ गरेपछि लुटपाट र आगो लगाउन खोज्नेहरुको भागाभाग भएको छ।

कोही कसैलाई पनि नलुटौ है, आम नागरिकको निजी र सार्वजनिक सम्पतिको हामी सबैले रक्षा गरौं ।

ताजा अपडेट

खोजी गर्नुहोस