कारागार कास्की र म्याग्दीबाट भागेका चार कैदीबन्दी बागलुङमा पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ भाद्र २६, बिहिबार (५ महिना अघि)
  • ४ पटक पढिएको
कारागार कास्की र म्याग्दीबाट भागेका चार कैदीबन्दी बागलुङमा पक्राउ

बागलुङ, २६ भदौ। जिल्ला कारागार कास्की र जिल्ला कारागार म्याग्दीबाट भागेका ४ कैदीबन्दीलाई जिल्ला प्रहरी कार्यालय बागलुङले नियन्त्रणमा लिएको छ ।

कारागारबाट भागेर बागलुङ प्रवेश गर्दै गरेका उनीहरुलाई मालढुङ्गा चेकपोष्टबाट बुधबार नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक केशव थापाले जानकारी दिए ।

जिल्ला कारागार कास्कीबाट भागेका ३ जना र जिल्ला कारागार म्याग्दीबाट भागेका एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस