भाद्र २६ गरे । रौतहट
नेपाली काँग्रेस नेता र कार्यकर्ताहरूले बिहीबार कटहरियामा प्रदर्शन गरेका छन् । “विदेशी हस्तक्षेप बन्द गर”, “संविधानको रक्षा गर”, “राष्ट्रपतिलाई सार्वजनिक गर”, “नेपाली हामी रहौँला कहाँ, नेपालै नरहे” भन्ने नारासहितका प्लेकार्ड बोकेर नेता र कार्यकर्ताहरू प्रदर्शन गरेका हुन् ।
नेपाली काँग्रेस कटहरियाका सभापति शम्भुकान्त प्रसाद यादवको नेतृत्वमा झन्डै एक दर्जन नेता कार्यकर्ताहरूले जुलुस निकाल्दै संविधान रक्षा गर्न र राष्ट्रपति रामचन्द्र पौडेललाई सार्वजनिक गर्न माग गरे । नगरपालिकाको गेटबाट निस्किएको जुलुस बौधिमाई मंदिर पुगेर कोणसभामा परिणत भएको थियो । सो कार्यक्रममा ३ नं क्षेत्रका प्रत्याशी सांसद ओम प्रकाश जयसवाल , नगरप्रमुख अजय प्रकाश जैसवाल, वाल्मीकि यादव, प्रत्याशी वडा अध्यक्ष , नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।
नगरप्रमुख अजय प्रकाश कोणसभामा स सम्बोधन गर्दै नेपाली सेनाले आफ्नो संरक्षणमा राखेको राष्ट्रपति राष्ट्रपतिलाई सार्वजनिक गर्नुपर्ने बताए । “नेपाली सेनाले कुनै अज्ञात ठाउँमा देशको राष्ट्रपतिलाई लुकाएर राखेको छ । सबैभन्दा पहिला उनलाई सार्वजनिक गर्नुपर्यो । हजारौँ सहिदहरूको बलिदानी पश्चात् निर्माण गरिएको संविधानलाई यसरी मास्न पाइँदैन,” उनले भने ।
हाल सरकारको नेतृत्व कसले गर्ने र संसद् विघटन गर्ने विषयमा विवाद चलिरहँदा काँग्रेसले प्रदर्शन गरेको हो । काँग्रेसले संसद् विघटन नगर्न र राष्ट्रपतिलाई सार्वजनिक गर्दै संविधान अनुरूप अगाडिको दिशा तय गर्न माग गरिरहेको छ । अर्को तर्फ जेन-जी युवा र उनीहरूलाई समर्थन गर्ने काठमाडौँ महानगरका प्रमुख बालेनलगायतले अन्तरिम सरकार गठन गर्दै संसद् विघटन गर्न माग गरेका छन् ।
यसअघि सोमबार र मङ्गलवार जेन–जी आन्दोलन तीव्र बनेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले २४ भदौमा राजीनामा दिएका थिए । ओलीले राजीनामा दिएपछि नेपाली सेनाले उनलाई पनि शिवपुरीमा आफ्नो संरक्षणमा राखेको छ । मङ्गलवार आन्दोलनकारीहरूले सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत र राष्ट्रपति निवासमा समेत आगजनी गरेका थिए ।
नेपाली काँग्रेस नेता र कार्यकर्ताहरुले गरे कटहरियामा प्रदर्शन


