बर्दिबासमा जेनजी आन्दोलनको नाममा १८३ वटा सालको रुख काटियो

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ भाद्र २७, शुक्रबार (५ महिना अघि)
  • २ पटक पढिएको
बर्दिबासमा जेनजी आन्दोलनको नाममा १८३ वटा सालको रुख काटियो

जनकपुरधाम, २७ भदौ। जेनजी आन्दोलनको नाममा बर्दिबासमा १८३ वटा सालको रुख कटान भएको छ।

बर्दिबास नगरपालिका ५ टुटेश्वरस्थित टुटेश्वरनाथ साझेदारी वन उपभोक्ता समिति मातहत रहेको १८३ वटा सालको रुख कटान गरिएको हो।

उपभोक्ता समितिका अध्यक्ष विजय झाका अनुसार जेनजी आन्दोलनको दिन दिउँसै कार्यालयमा पुगेर युवाहरुले आगजनी प्रयास गरेका थिए।

कार्यालयमा आगजनी प्रयास असफल भएपछि उनीहरु दिउँसै १८ वटा सालको रुख काटेका थिए। त्यसको भोलिपल्ट बुधबार थप १६५ वटा सालको रुख काटेका थिए।

प्रहरीले बुधबार रुख काटनामा संलग्न कृष्ण घलानसहित दुई युवालाई पक्राउ गरेको थियो। तर, गाउँले संयौको संख्यामा पुगेर घेरेपछि प्रहरीले छाडेको थियो।

घटना बारे अनुसन्धान भइरहेको छ । रुख कटनामा संलग्नहरुलाई पक्राउ गरी कारबाही गर्ने माग भइरहेको छ।

ताजा अपडेट

खोजी गर्नुहोस