कास्कीका प्रहरी कार्यालय बनाउन स्थानीय र व्यवसायी जुटे

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ भाद्र २७, शुक्रबार (५ महिना अघि)
  • ३ पटक पढिएको
कास्कीका प्रहरी कार्यालय बनाउन स्थानीय र व्यवसायी जुटे

काठमाडौं, २७ भदौ। कास्की जिल्लामा रहेका सम्पूर्ण प्रहरी कार्यालयहरु मर्मत तथा पुनर्निर्माणमा स्थानीय समुदाय र व्यापारीहरु जुटेका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा डीएसपी हरि बस्नेतका अनुसार व्यापारी तथा स्थानीय समुदायले पोखराका सम्पूर्ण प्रहरी भवन आफूहरुले बनाइदिने भन्दै निर्माण सुरु गरेका हुन् ।

उनीहरुले प्रहरी कार्यालयलाई चाहिने लत्ता कपडा, फर्निचरका सरसामान, रंग रोगन तथा भौतिक निर्माणसम्मको कामको जिम्मा लिएर उनीहरुले काम सुरु गरेका हुन् ।

२३ भदौमा जेनजीहरुले गरेको प्रदर्शनका क्रममा पोखराका अधिकांश प्रहरी कार्यालयमा तोडफोड र आगजनी भएको थियो । जसकारण अहिले प्रहरीले नियमित काम समेत गर्न सकेको थिएन ।

अहिले भने समुदाय नै आएर सबै निर्र्माणको जिम्मा आफूहरुले लिने भन्दै पुनर्निर्माणमा जुटेको डीएसपी बस्नेतले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस