बुटवल, २७ भदौ। जेनजी आन्दोलनको मौका पारेर कपिलवस्तु कारागारबाट बुधबार बिहान भागेका १३१ कैदीबन्दीलाई शुक्रबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको हो ।
कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले भागेका मध्ये ११४ जना कपिलवस्तुबाट र अन्य १७ जना अन्य जिल्लाबाट नियन्त्रण लिइएको बताए ।
कारागारमा रहेका कुल ४७० जनामध्ये २८ जना बाहेक अन्य कैदी तोडफोड गर्दे भागेका थिए । अन्य फरार रहेका कैदीबन्दीहरूको तीव्र खोजी भइरहेको प्रमुख जिल्ला अधिकारी तामाङले बताए ।


