पत्रकार कुटपिट गर्ने भण्डारी पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ भाद्र २८, शनिबार (५ महिना अघि)
  • ५ पटक पढिएको
पत्रकार कुटपिट गर्ने भण्डारी पक्राउ

सल्यान, २८ भदौ। कुमाख राष्ट्रिय दैनिक सल्यानका उपसम्पादक तथा नेपाल पत्रकार महासंघ सल्यानका प्रदेश परिषद् सदस्य नोखिराम थापालाई कुटपिट गर्ने शारदा नगरपालिका–६ बरला घर भएका प्रमोद भण्डारी पक्राउ परेका छन् भने शारदा नगरपालिका ६ का वडा अध्यक्ष भिकराज बुढाथोकी फरार रहेका छन् ।

जिल्लाको शारदा नगरपालिका–१ श्रीनगरस्थित शारदा नगरपालिकाले झण्डै ५ करोडमा निर्माण गरेको बसपार्क सञ्चालनमा आउन नपाउँदै चिरा परेको भनि भिडियो समाचार प्रकाशन गरेको भन्दै केही दिन अघि प्रमोद भण्डारी, शारदा नगरपालिका–६ का वडाध्यक्ष भिकराज बुढाथोकीले लगायतले करुवा होटल श्रीनगरमा खाना खान बसेको समयमा पत्रकार थापालाई कुटपिट गरेका थिए । कुटपिटबाट थापाको टाउको वाँया आँखामा गम्भिर चोट लागेको थियो ।

पत्रकार थापा कुटपिट गरेको आरोपमा घर नजिकैबाट पक्राउमा परेका प्रमोद भण्डारीलाई जिल्ला प्रहरी कार्यालय सल्यानको हिरासत कक्षमा राखेर अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख तथा प्रहरी नायव उपरिक्षक डा. हेमबहादुर केसीले बताए । वडाध्यक्ष भिकराज बुढाथोकी भने फरार रहेका उनले जानकारी गराए । फरार रहेका वडा अधयक्षको खोजी भैरहेको उनको भनाइ छ ।

ताजा अपडेट

खोजी गर्नुहोस