रौतहटको गौर कारागारबाट भागेका ६४ कैदीबन्दी पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ भाद्र २८, शनिबार (५ महिना अघि)
  • ३ पटक पढिएको
रौतहटको गौर कारागारबाट भागेका ६४ कैदीबन्दी पक्राउ

रौतहट, २८ भदौ। रौतहटको सदरमुकाम गौर कारागारबाट भागेका कैदीबन्दी नियन्त्रणमा ल्याउन सुरक्षाकर्मी सक्रिय छन्। प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काका अनुसार, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त अभियानमा हालसम्म ४७ जना कैदी पक्राउ परेका छन् भने भारतको सीमा सुरक्षा बल (एसएसबी)ले १७ जनालाई नियन्त्रणमा लिएर नेपाल पठाएको छ।

गौर कारागारमा कुल २९१ कैदीमध्ये अहिले ९१ जना कैदी कारागारमा रहेका छन्। करिब २०० जना अझै फरार रहेको खड्काले जानकारी दिएका छन्। फरार कैदीहरुलाई सीडीयो खड्काले तत्काल आत्मसमर्पण गर्न आग्रह गर्दै भने, “असहज परिस्थितिको फाइदा उठाउँदै कारागारबाट भागेका कैदीबन्दीले जहाँ भए पनि तुरुन्त उपस्थित भई राज्यसँग सहयोग गर्नुपर्छ, नत्र कानुनी कारबाही बढ्नेछ।”

साथै, स्थानीय जनतालाई पनि सहयोग गर्न अपिल गर्दै उनले भने, “गाउँ टोल र छिमेकमा लुकेका फरार कैदीबारे सुरक्षा निकायलाई जानकारी दिनु नागरिकको जिम्मेवारी हो।” हाल रौतहटमा स्थिति सामान्यतर्फ उन्मुख छ भने गौर र चन्द्रपुर क्षेत्रमा शान्ति कायम गर्न सुरक्षाकर्मी सतर्क छन्। निषेधाज्ञा अझै जारी रहेकोले अत्यावश्यक कामबाहेक घरमै बस्न नागरिकलाई आग्रह गरिएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस