अवैध लागूऔषध गाँजासहित ट्रक चालक पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ भाद्र ३१, मंगलबार (५ महिना अघि)
  • ४ पटक पढिएको
अवैध लागूऔषध गाँजासहित ट्रक चालक पक्राउ

मकवानपुर, ३१ भदौ। भीमफेदी गाउँपालिका-२ भैसेबाट अवैध लागूऔषध गाँजा करिब १ सय ५० किलोग्राम सहित सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका-८ बस्ने ४१ वर्षीय वीर बहादुर तामाङलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

प्रहरी चौकी भैसेबाट खटिएको प्रहरीले पालुङबाट हेटौँडातर्फ आउँदै गरेको बा.२ ख ३२१९ नम्बरको ट्रकलाई जाँच गर्ने क्रममा १२ वटा पोकामा रहेको उक्त परिमाणको गाँजा फेला पारी चालक वीर बहादुरलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस