राँगाको आक्रमणबाट सर्लाहीमा एक बृद्वको मृत्यु

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ भाद्र ३१, मंगलबार (५ महिना अघि)
  • ४ पटक पढिएको
राँगाको आक्रमणबाट सर्लाहीमा एक बृद्वको मृत्यु

सर्लाही, ३१ भदौ। सर्लाहीको हरिवन नगरपालिका – १०, सुखेपोखरीमा राँगाले हानेर एक वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय ६७ वर्षीय दीलबहादुर घिमिरे खत्री रहेका छन्।

खत्रीलाई आफ्नै घरमा पालिएको जोत्न प्रयोग हुने राँगालाई गोठमा ल्याउने क्रममा आक्रमण गरेको थियो। लामो समयसम्म घर नफर्किएपछि परिवारजनले खोजतलास गर्दा उनी गम्भीर घाइते अवस्थामा फेला परेका हुन्।

उनलाई तत्कालै नमूना अस्पताल हरिवन पुर्याइए पनि चिकित्सकले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घटनापछि शवलाई प्रादेशिक अस्पताल मलंगवामा पोस्टमार्टम गरी परिवारको जिम्मा लगाइएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस