सर्लाही, ३१ भदौ। सर्लाहीमा ज्यान सम्बन्धी मुद्दामा फरार रहेका एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार हरिपुर्वा नगरपालिका – ६ का २६ वर्षीय सन्तोष भन्ने अभि कुमार यादवलाई पक्राउ गरिएको हो।
यादवले २०८२ साउन ३० गते सोही वडाका ५० वर्षीय रामपुकार यादवलाई गोली हानी हत्या गरेको आरोपमा मुद्दा दर्ता भएको थियो। घटनापछि फरार रहेका यादवलाई भारततर्फबाट नेपालतर्फ आउँदै गरेको विशेष सूचनाका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब निरीक्षक रोशन अधिकारीको कमाण्डमा खटिएको चार जनाको टोलीले उनलाई पर्सागढी नगरपालिका – ३ नारायणपुरस्थित क्षेत्रबाट नियन्त्रणमा लिएको हो।
पक्राउ परेका यादवलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। प्रहरीले घटनाका मूख्य आरोपी हरिपुर्वा नगरपालिका – ५ का २७ वर्षीय धीरेन्द्र रायलाई यसघि नै पक्राउ गरिसकेको छ।
उनीहरुले यादवलाई आफ्नै घर अगाडि बसिरहेका बेला बिआर ३० एजी २३५४ नम्बरको मोटरसाइकलमा आएर टाउकोमा गोली प्रहार गरेका थिए। गोलि लागेर गम्भीर घाइते भएका यादवको महोत्तरीस्थित जानकी हेल्थ केयरमा पुर्याउदा मृत्यु भएको थियो।

