
काठमाडौँ, ०१ भदौ। काठमाडौँ र धनकुटामा मंगलबार दुई जना मृत अवस्थामा फेला परेका छन् ।
काठमाडौँ महानगरपालिका-१४ कुलेश्वर फलफुल मण्डीमा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ६६ वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेको नेपाल प्रहरीले जानकारी दिएका हुन्।
यसैगरी, धनकुटाको साँगुरीगढी गाउँपालिका-९ आहेल घर भएका ७४ वर्षीय ज्ञान बहादुर राई सोही नगरपालिका-८ ढुङ्गेस्थित बातानवा सामुदायिक वनमा मंगलबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
