धनुषामा ४ सय ७५ किलो गाँजासहित २ जना पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ आश्विन १, बुधबार (५ महिना अघि)
  • ४ पटक पढिएको
धनुषामा ४ सय ७५ किलो गाँजासहित २ जना पक्राउ

धनुषा, ०१ भदौ। प्रहरीले धनुषाको विदेह नगरपालिका-३, जोगियाराबाट ४ सय ७५ किलो अवैध लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। मंगलबार बिहान उनीहरूलाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा धादिङको बेनिघाट रोराङ गाउँपालिका-१ का २४ वर्षीय बिराज गुम्बा र बाँकेको कोहलपुर पार्वतीपुरका १८ वर्षीय एक किशोर छन्।

इलाका प्रहरी कार्यालय ढल्केवरबाट खटिएको प्रहरी टोलीले गणेशमान चारनाथ नगरपालिका-४, वीरेन्द्रबजारको सडकमा रोकिएको प्र.३-०१-०२४ च ८३२५ नम्बरको पिकअप गाडीबाट उनीहरूलाई नियन्त्रणमा लिएको थियो। उनीहरूले धरानबाट उक्त गाडीमा गाँजा ल्याएको भन्ने सूचनाको आधारमा प्रहरीले उनीहरूलाई पिछा गरेको थियो।

प्रारम्भिक अनुसन्धानमा उनीहरूले गाँजा विदेह नगरपालिका-३, जोगियारास्थित एक इँटा भट्टामा राखेको भन्ने पत्ता लागेपछि प्रहरीले त्यहाँबाट १९ वटा पोकामा रहेको उक्त परिमाणको गाँजा बरामद गरेको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस